नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ साउन ।

नेकपा एमाले का सांसदहरुले संविधानको धारा ७६ (५) अन्तर्गत बनेको सरकारले विश्वासको मत लिने कुरा नियमावलीमा नरहेको जिकिर गरेका छन्। आइतबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले विश्वासको मत लिनका लागि अर्को मिति तोक्न पनि माग गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनका लागि संसद् सचिवालमा प्रस्ताव दर्ता भइसकेको छ। विश्वासको मत लिने प्रस्ताव कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् सचिवालयमा प्रस्ताव दर्ता भैसकेको छ।
आजै बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्रीले देउवाले संविधान बमोजिम विश्वासको मत लिनेछन्। देउवालाई माओवादी केन्द्र, जसपा उपेन्द्र यादव पक्ष, एमाले माधवकुमार नेपाल पक्षलगायतको साथ छ।
