नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ साउन ।

नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले सत्ता बाहिर हुँदा पनि अहंकार नदेखाउन नेकपा एमालेलाई चुनौति दिएका छन् । संसद्मा आइतबार आफ्ना धारणा राख्दै सत्तामा हुँदा अहंकार देखाएकै कारण बाहिरिनुपरेको बताउँदै अदालतलाई चुनौति नदिन एमालेलाई चेतावनी दिए ।’
‘सचेत मनले लेखिएको संविधान हो,’ उनले भने, ‘अदालतले प्रधानमन्त्री नियुक्ति गरेको होइन । धेरै उड्ने काम पनि नगर्नुस्, ठाउँमा बस्नुस् ।’ उनले सत्ता कसरी चल्छ भन्ने आफूहरुले देखाउने पनि बताए ।
‘सत्ता बाहिर हुँदा पनि अहंकार नबोक्नुस् । प्रतिपक्ष हेरौँला, सरकार कसरी चल्छ हामी देखाउछौँ,’ डा रिजालको भनाइ थियो, ‘बीपीको पार्टीका मान्छे हौँ हामी । नेपालको अदालतले कठिन दिनमा पनि बाटो देखाएको छ । हिजो जनता संक्रमणमा हुँदा के के गरियो ? इनफ इज इनफ भनेर जनता सडकमा आएका होइनन् ? खोप र औषधि खरिदमा भ्रष्टाचार हुँदैन देउवा सरकारबाट यो विश्वास दिलाउन चाहन्छौँ ।’
