ओलीले स्पष्टिकरण सोधेपछि एमालेको माधव समूह छलफलमा

नेकपा एमालेको स्थायी कमिटी बैठकले स्पष्टिकरण सोधेपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् । अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नगएको यो समूहका नेताहरु छलफलमा जुटेका हुन् ।

एक नेताका अनुसार डल्लुमा यो समूहको बैठक चलिरहेको छ । आइतबार माधव नेपाल सहित २२ जनाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । देउवालाई विश्वासको मत दिने सांसदहरुलाई अध्यक्ष ओलीले २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।



ओलीले सोधेको स्पष्टीकरण, एकता प्रक्रिया र आगामी राजनीतिक कोर्सबारे छलफल गर्न नेताहरु जुटेका हुन् । साथै पार्टी एकताको सम्भावनाको बारेमा पनि आज छलफल हुने भएको छ ।

सम्बन्धित समाचार