नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ साउन ।
नेपाल लाइफ इन्स्योरेन्स र ग्लोबल कलेज अफ म्यानेजमेन्टका बीच सोमबार एक कार्यक्रमका बीच एमओयु सम्पन्न भएको छ । नेपाल लाइफको कर्पोरेट कार्यालयमा भएको उक्त सम्झौतामा दुई संस्थाहरू आपसी हितका लागि अगाडि बढ्ने उल्लेख भएको नेपाल लाइफबाट प्राप्त विज्ञप्तिमा उल्लेख छ ।
ग्लोबल कलेजका विद्यार्थीहरूका लागि नेपाल लाइफमा इन्टर्न गर्ने अवसर प्रदान हुने छ भने त्यसैगरी जीवन बीमा शिक्षामा नेपाल लाइफले ग्लोबल कलेजलाई सघाउने सम्झौतामा उल्लेख छ । बीमा सचेतना अभियानमा ग्लोबल कलेजको साथ सहयोग रहने समेत सम्झौतामा समेटिएको छ ।
नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई र ग्लोबल कलेजका तर्फबाट प्रिन्सिपल डा. देवराज पनेरूले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा नेपाल लाइफका मानव संसाधन प्रमुख बन्दना शर्मा तथा ग्लोबल कलेजका प्रोगाम कोअर्डिनेटर विराज घिमिरेको पनि उपस्थिति रहेको थियो ।