प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?

नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। नेता नेपाललाई भेट्न् प्रचण्ड उनको निवास कोटेश्वर पुगेका थिए। दुई जनाबीच सवा ८ देखि ९ बजेसम्म छलफल भएको नेता नेपाल निकट स्रोतले जानकारी दिएको छ।

उनीहरूबीच पछिल्लो राजनीति घटनाक्रमका बारेमा छलफल भएको बुझिएको छ। नेकपा एमालेले स्पष्टिकरण सोधेर कारवाही प्रक्रिया अगाडि बढाउने भएपछि नेता नेपाल छुट्टै पार्टी दर्ता गर्ने तयारीमा रहेको बुझिएको छ ।



भेटमा प्रचण्डले सरकारमा सहभागिता र एउटै पार्टीमा रहने सम्भावनाको बारेमा पनि जिज्ञासा राखेको बताइन्छ । दुई नेताबीच वृहत कम्युनिस्ट एकताको पहल गर्ने र सबै कम्युनिस्टहरु अटाउने खालेको पार्टी गठन गर्ने विषय सहमति निकट पुगेको बताइन्छ ।

प्रचण्ड फर्किएलगत्तै जसपा अध्यक्ष उपेन्द्र यादव नेपाल निवासमा प्रवेश गरेका थिए ।

सम्बन्धित समाचार