बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई भेटे विप्लवले, के भयाे कुराकानी ?

पछिल्लो समय राजनीतिक भेटघाटमा व्यस्थ रहेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

अध्यक्ष ओलीलाई भेट्न आज विधान विप्लव ओली निवास बालकोट पुगेका थिए। भेटमा यस अघि भएका तीन बुँदे सहमतिको कार्यान्वयनका विषयमा छलफल भएको एमाले नेता राजन भट्टराईले बताए।



पछिल्लो समय भेटघाटलाई तीब्र बनाएका विप्लवले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन्।

सम्बन्धित समाचार