देउवालाई भेट्न बालुवाटार पुगे महन्थ ठाकुर, के भयो कुराकानी ?

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्न बालुवाटार पुगेका छन् । महन्थ ठाकुर पक्षले गत साउन ३ गते प्रतिनिधिसभामा अन्तिम समयमा देउवालाई विश्वासको दिएको थियो ।

आफ्ना माग पूरा गर्ने सर्तमा विश्वासको मत दिएको ठाकुर पक्ष आज सोही विषयमा कुरा गर्न बालुवाटार पुगेको हो । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएका सम्झौता पालना गर्न आग्रह गर्दै अध्यक्ष ठाकुर बालुवाटार पुगेका हुन् ।



त्यस्तै ठाकुर पक्ष पनि सरकारमा सहभागी हुन सक्ने आँकलन गरिएको छ । आजको भेटमा सरकारका विषयमासमेत छलफल हुने बताइएको छ ।

सम्बन्धित समाचार