राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, सरकारले एमाले फुटाउन अध्यादेश ल्याउनसक्नेबारे परामर्श

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्। राष्ट्रपति भण्डारीलाई भेट्न ओली शीतल निवास पुगेका थिए। राष्ट्रपति भण्डारी र ओलीबीच करिब ४५ मिनेट कुराकानी भएको शीतल निवास स्रोतले जानकारी दियो।

दुवै जनाबीच पछिल्लो राजनीतिक घटनाक्रम र एमाले विवादबारे छलफल भएको बताइन्छ । साथै शेरबहादुर देउवाले अध्यादेश ल्याएर एमाले फुटाउनसक्ने बताउँदै आएका ओलीले त्यसको सम्भावनाको बारे पनि परामर्श गरेका थिए ।



तर, एमालेको राजनीतिमा प्रत्यक्ष चासो राख्दै आएकी राष्ट्रपति र ओलीबीच माधव नेपालसँगको विवाद र समाधानको प्रगतिबारे पनि छलफल भएको थियो ।

सम्बन्धित समाचार