आज बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशभर केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने र बागमती प्रदेशको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले आज पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदि नाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।



यस्तै, आज राति देशभर सामान्यतया बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार