नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ साउन ।

नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले साउन १२ गते हुने वडा तहका अधिवेशन लगायत सबै तहका अधिवेशन स्थगनको निर्णय गरेको हो ।
केन्द्रीय कार्य समिति बैठकले अधिवेशनको अर्को कार्यतालिका सार्वजनिक गर्ने नेता अर्जुन नरसिंह केसीले जानकारी दिए ।यही साउन १२ गते बिहान सभापति देउवालाई क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले प्रतिवेदन बुझाउनेछन्। त्यसपछि केन्द्रीय समितिमा छलफल हुने केसीले बताए।
बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजय कुमार गच्छदार, महामन्त्री शशांक कोइराला, सह-महामन्त्री प्रकाश शरण महत, कोषाध्यक्ष सीतादेवी यादव सहभागी थिए।
यस्तै, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, रामशरण महत, गृहमन्त्री तथा प्रमुख सचेतक बालकृष्ण खाँण, प्रवक्ता शर्मालगायत सहभागी थिए।
