ठाकुर पक्षलाई झड्का, सर्वोच्चद्धारा अन्तरिम आदेश दिन अस्वीकार, यादव पक्षले पाउने भयो जसपाको आधिकारिकता

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पक्षले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। आज न्यायाधीश कुमार रेग्मीको एकल इजलासले रिटमाथि सुनुवाई गर्दै निर्वाचन आयोगमा यसबारे खुल्ला बहस पैरवी गराई निर्णय भएकाले दुवै पक्षसँगको छलफल पछि मात्रै अन्तरिम आदेश दिने, नदिनेबारे निर्णयमा पुग्न उचित हुने ठहर गरेको छ।

अन्तरिम आदेश दिने, नदिने विषयका लागि छलफल गर्न दुवै पक्षलाई साउन १५ बोलाउनसमेत आदेश भएको छ। यससँगै निर्वाचन आयोगलाई विवाद निरुपणको फैसला सुनाउन बाटो खुलेको छ।



जसपा आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइको क्रममा आयोगले पार्टी एकीकरणको बेलाको कार्यकारिणी समितिमा रहेका ५१ जनालाई साउन ११ गते सनाखतका लागि झिकाउने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध ठाकुर पक्षले शुक्रबार रिट दायर गरेको थियो।

५१ सदस्यीय जसपाको केन्द्रीय कारिणी समितिको वहुमत उपेन्द्र पक्षले दाबी गरेको छ। यससँगै निर्वाचन आयोगले यादव समूहलाई आधिकारिकता दिने निश्चित भएको छ ।

सम्बन्धित समाचार