
जसपाका कार्यकारिणी सभा सदस्य रेशम चौधरीले पार्टीको आधिकारिकता सम्बन्धी विवादमा आफू तटस्थ बसेको जानकारी दिएका छन् । डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका चौधरीले आफूले पक्ष/विपक्षमा मत नदिएको बताए ।
सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने ‘जेलबाट आएर एउटा पक्षमा हस्ताक्षर गर्न मेरो नैतिकताले दिएन । मेरो पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा हो ।’ त्यस्तै उनले अध्यक्ष महन्थ ठाकुरलाई भीष्म पितामहको दर्जा दिन आग्रह गरे ।
५१ सदस्यीय जसपाको केन्द्रीय कार्यकारिणी समितिमा ३४ जना सदस्यले उपेन्द्र र १६ जनाले महन्थको पक्षमा सनाखत गरेका छन्।
