नेपालमा ३ हजार ४२१ कोरोना संक्रमित थपिए, २५ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा ३ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १२ हजार २४० जनाको पीसीआर परीक्षणबाट २ हजार ३९१ र ५ हजार ३२ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ३० जना गरी जम्मा ३ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो ।



त्यस्तै चौबीस घण्टामा २५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ९ हजार ७३८ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज १ हजार ६८६ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ६ लाख ४५ हजार ३०१ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या २७ हजार ९०८ रहेको छ । हाल नेपालमा २५ हजार ९३ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ८१५ जना संस्थागत आइसोलेसनमा छन् । यस्तै ६६९ जना आईसीयू र १६६ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ६ लाख ८२ हजार ९४७ जना पुगेको छ भने एन्टिजेनबाट ५५ हजार ९७१ पुगेको छ ।

 

सम्बन्धित समाचार