माधव नेपाल पक्षको स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहले सम्मानजनक एकता हुनुपर्नेमा जोड दिएको छ । आज बसेको उक्त समूहको स्थायी कमिटी बैठकमा नेताहरुले सम्मानजनक एकता गर्नुपर्ने सुझाव दिएका हुन् ।

“पार्टी एकतालाई कसरी पूर्णता दिने भन्ने विषयमा आजको बैठकमा छलफल भयो,” नेता रघुजी पन्तले भने, “सम्मानजनक एकता गर्नुस्, त्यसको प्रक्रिया पुर्याउनुस् । त्यसमै दुबै पक्षको भलो हुने नेताहरुले सुझाव दिनुभयो ।”



खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक आइतबार पनि बसेको थियो । आइतबारको बैठकमा पार्टी एकताका लागि विवाद समाधान कार्यदलले तयार पारेको प्रस्तावबारे छलफल भएको थियो ।

एमालेका दोस्रो तहका नेताहरुले ओली र नेपालबीच वान अन वान वार्ता गराउने तयारी गरिरहेका छन् । पार्टी एकतालाई लिएर शीर्ष दुई नेताबीच दुरी बढेको भन्दै वार्ताको वातावरण बनाउने प्रयास भैरहेको उनीहरुले बताएका छन् ।

सम्बन्धित समाचार