नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ साउन ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि देशभरबाट ८ लाख ५४ हजार ७ सय ११ जनाले क्रियाशील सदस्यता पाएका छन् । आज(मंगलबार) बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ ।
त्यस्तै बैठकले ४ लाख ९ हजार ३३ जना भने पुरानै सदस्यको नवीकरण गरिएको छ भने ४ लाख ४३ हजार ६७८ जनाले नयाँ क्रियाशील सदस्यता थपिएका छन् । बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्धय बिमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्रहिरु डा.शशांक कोइराला, पूर्ण बहादुर खड्का लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
क्रियाशील सदस्यमा ६ लाख ५३ हजार ८ सय ३८ जना पुरूष छन् भने महिलाको संख्या १ लाख ९९ हजार ९७ रहेको छ। अन्यमा १७६ जना रहेका छन्। यस्तै प्रतिवेदनमा समितिका सदस्य कल्याण गुरूङले प्रतिवेदनमा भिन्न मत राख्दै छानबिनको काम नसकिँदै प्रतिवेदन बुझाइएको बताए ।
