नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ साउन ।

बलात्कार अभियोग लागेका पूर्व सभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले पनि सफाइ दिएको छ । संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरामाथि मुद्दा चलाइएको थियो ।
उच्च अदालतका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र बिमल सुवेदीको इजलासबाट सो फैसला भएको उच्च अदालत पाटनकी प्रवक्ता अमृता शर्माले बताइन् । यसअघि काठमाडौं जिल्ला अदालतले गरेको अभियोगको दाबी नपुग्ने फैसलालाई उच्च अदालतले पनि सही भएको ठहर गरेको छ ।
जिल्ला अदालत काठमाडौँले पनि महरामाथि लागेको आरोपको दावीमा प्रमाण नपुग्ने भन्दै सफाइ दिएको थियो ।
