नेपालमा ३ हजार ८९९ कोरोना संक्रमित थपिए, २० जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १७ हजार ५१८ जनाको परीक्षणबाट २ हजार ७२६ जना र एन्टिजेन विधिबाट १ हजार १७३ जनामा संक्रमण पुष्टि भएको हो ।



त्यस्तै चौबीस घण्टामा २० जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ९ हजार ७५८ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज १ हजार ७७ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ६ लाख ४७ हजार ७९ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या २८ हजार ८३६ रहेको छ । हाल नेपालमा क्वारिन्टिनमा ३५६ र आइसोलेसनमा २८ हजार ८३६ जना रहेका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ८५ हजार ६७३ जना रहेको छ। ।

 

सम्बन्धित समाचार