मन्त्रिमण्डललाई पूर्णता दिन सत्तापक्षीय गठबन्धनको बैठक बस्दै

मन्त्रिपरिषद् विस्तारको विषयबारे छलफल गर्न सत्तापक्षीय गठबन्धनको बैठक बस्दै छ। बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

बैठकमा मन्त्रिपरिषद्मा सहभागिताको भागबण्डा टुंग्याउने र सरकार सञ्चालनको विषयमा छलफल गरिने उनले जानकारी दिए। असार २९ गते प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाले सोही दिन कांग्रेस र माओवादी केन्द्रका तर्फबाट चार जना सदस्यलाई मन्त्री नियुक्त गरेका थिए।



त्यसपछि स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन्। मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेकोमा प्रधानमन्त्रीको आलोचना हुँदै आएको छ। जसपाले पनि आज मन्त्रीको टुंगो लगाउने भएकोले आज भोलि नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भैरहेको छ ।

सम्बन्धित समाचार