नवकान्तिपुर संवाददाता
काठमाडौं, साउन १३।

आज बस्ने भनिएको नेकपा माओवादीको स्थायी समिति बैठक स्थगित भएको छ । मंगलबार बसेको बैठकले बुधबार ३ बजेको लागि पुनः बैठक बस्ने निर्णय गरेको थियो ।
तर, सत्ता गठबन्धनको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड व्यस्त हुनुपर्ने भएकाले बुधबारको बैठक स्थगित गरिएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।
