गुल्मी जिप दुर्घटना : मृतक तीनै जनाको सनाखत (अपडेट)

गुल्मीमा जिप दुर्घटनामा परि मृत्यु हुने तीनै जनाको सनाखत भएको छ । उक्त दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए ।

मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–४ बस्ने अन्दाजी ४५ वर्षीय तेजेन्द्र थापा, चन्द्रकोट गाउँपालिका–५ हरेवा बस्ने बर्ष ४४ का रेशम कार्की र रेसुङ्गा नगरपालिका वडा न २ बाख्रेछेडा बस्ने बर्ष ६२ कि सुनिता बिक भएको प्रहरीले जनाएको छ ।



चन्द्रकोट गाउँपालिकाबाट सदरमुकाम तम्घास आउने क्रममा मुसिकोट नगरपालिका वडा नम्बर ४ मा लु १ ज ४५ ५९ नम्बरको जिप दुर्घटनामा परेको थियो । जिपमा १० जना सवार थिए ।  जिप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

सम्बन्धित समाचार