म माओवादी केन्द्रकै नेता हुँ, एमाले प्रवेश गरेको छैन : रायमाझी

नेकपा माओवादी केन्द्रका पूर्वनेता टोपबहादुर रायमाझीले आफू नेकपा एमालेमा प्रवेश नगरेको बताएका छन् ।

बुधबार सर्वोच्च अदालतमा आफ्नो संसद् पद कायम राखिदिन भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका रायमाझीले आफू एमालेमा प्रवेश नगरेको दाबी गरेका हुन् ।



चैत २६ गते माओवादी केन्द्रले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि संसद् सचिवालयले सांसद पदबाट हटाएको थियो । उनी करिब ४ महिनापछि गुहार माग्दै सर्वोच्च पुगेका हुन् । उनले दायर गरेको रिटको मुद्दाको संक्षिप्त खण्डको ख मा केपी ओलीले नेतृत्व गरेको नेकपा एमालेमा आजसम्म औपचारिक रूपमा प्रवेश नगरेको र पार्टीको सदस्यता नलिएको बताएका छन् । हालसम्म पनि आफू माओवादी केन्द्रकै नेता रहेको रायमाझीको दाबी छ।

रायमाझी सहित पूर्व माओवादी नेता प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीले पनि संसद् पद कायम राखिदिन भन्दै सर्वोच्चमा रिट दायर गरेका छन् ।

सम्बन्धित समाचार