नवकान्तिपुर संवाददाता
काठमाडौँ १४, साउन।
प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाईटेड र ब्रेन्टफोर्डले बराबरीमा खेलका छन् । बुधबार राति भएको ब्रेन्टफोर्डले युनाईटेडलाई २-२ को बराबरीमा रोकेको हो ।
ओल्ड ट्राफोर्डमा भएको खेलमा खेलको १२ औं मिनेमा एन्थोनी एलंगाले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । तर, खेलको २० औं मिनेटमा ब्रेन्टफोर्डका शानडोन बाप्टिस्टेले गोल गर्दै खेललाई बराबरीमा ल्याए । पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा दुवै टोलीले समान १-१ गोल गरे ।
दोस्रो हाफको ५० औं मिनेटमा आन्द्रेस पेरीराले गोल गर्दै युनाईटेडलाई २-१ को अग्रता दिलाए । यद्यपि खेलको ७८ औं मिनेटमा ब्रायन एमबेउमोले गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीबाट गोल भएन र खेल बराबरीमा सकियो ।
त्यस्तै बुधबार राति नै भएको अन्य खेलमा मिल्टन टोटेनहमसँग ३-१ ले पराजित हुँदा लिड्स युनाईटेड र ब्लाकबर्नले १-१ को बराबरी खेले । यस्तै अर्को खेलमा इन्टर मिलानले सिरी ‘बी’ क्लब क्रोटोनलाई ६-० को फराकिलो अन्तरले पराजित गर्यो ।