नवकान्तिपुर संवाददाता
काठमाडौँ, १४ साउन ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (बिहिबार) तोलामा रु ३०० ले उकालो लागेको छ । तोलामा रु ९२ हजार १०० रुपैयाँमा बुधबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ९२ हजार ४०० मूल्य निर्धारण भएको छ ।
यस्तै तेजाबी सुन बुधबार तोलामा रु ९१ हजार ६०० मा कारोवार भएकामा आजका लागि भने रु ९१ हजार ९०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी चाँदीको मूल्य भने मंगलबारको तुलनामा १५ रुपैयाँ बढ्दै तोलाको रु १ हजार २७० मा कारोवार भएको छ ।