सत्तारुढ गठबन्धनबीच मन्त्रालय बाँडफाँड गर्ने सहमति

काँग्रेसले ८, माओवादी र जसपाले ७ मन्त्रालय पाउने

सत्तारुढ गठबन्धनको बैठकले मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले काँग्रेस, माओवादी र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा मिलाएका छन् ।

काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले पनि ७ मन्त्रालय पाउनुपर्ने खाका तयार गरिएको स्रोतले बताएको छ । त्यस्तै बैठकले सरकारी तथा संवैधानिक नियुक्तिमा माधव नेपाल पक्षलाई अधिकतम अवसर दिने जनाएको छ । माधव नेपालको सहभागिताविनै बसेको बैठकले मन्त्रालय बाँडफाँड गर्ने सत्तारुढ गठबन्धनबीच सहमति जुटेको हो ।



सम्बन्धित समाचार