भारतलाई पराजित गर्दै श्रीलंकाले जित्यो सिरिज

घरेलु टोली श्रीलंकाले भारतलाई पराजित गर्दै टी-२० क्रिकेट सिरिज जितेको छ । बिहीबार भएको खेलमा भारतलाई ७ विकेटले पराजित गर्दै श्रीलंकाले सिरिज २-१ ले आफ्नो पक्षमा पारेको हो ।

श्रीलंकाको कोलम्बोमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै ८१ रन बनाएको थियो । उसका लागि कुलदिप यादवले अविजित रहँदै २३ रन जोडे भने भुवनेश्वर कुमारले १६ र रुतुराज गायकवाडले १४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।



श्रीलंकाका लागि वानिन्दु हसरंगाले ४ विकेट लिए भने डसुन शनकाको भागमा २ विकेट रह्यो । ८२ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रेको श्रीलंकाले १४.३ ओभरमा मात्र ३ विकेट गुमाउदै पूरा गर्यो । घरेलु टोलीका लागि धनन्जय डी सिल्भाले अविजित रहँदै २३ रन बनाए भने मिनोद भानुकाले १८ रन जोडे । त्यस्तै वानिन्दु हसरंगा १४ रनमा नटआउट रहँदा अभिष्का फर्नान्डोले १२ रन बनाए ।

भारतको लागि राहुल चाहरले ३ विकेट लिए । खेलको म्यान अफ दि म्याच र प्ल्येर अपद दि म्याच वानिन्दु हसरंगा भए ।

 

सम्बन्धित समाचार