नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ साउन।

नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान लागि शीर्ष तीन नेताहरुको बैठक सुरु भएको छ । बैठक शुक्रबार बिहान साढे ११ बजेबाट बजेबाट प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको हो ।
नेपाली कांग्रेसका पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको बैठकले क्रियाशील सदस्यता विवाद समाधान गर्नेछ । उच्चस्तरीय समितिले तीन विषयमा निर्णय लिनेछ ।
पहिलोमा सप्तरी र बाराबाट आएको क्रियाशील सदस्यता विवादमाथि निर्णय लिने, दोस्रोमा धनुषा ४ नम्बर क्षेत्र र सर्लाही २ नम्बर क्षेत्रका नयाँ क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान गर्ने । यस विषयमा पार्टी कार्यालय सानेपामा अनशन र धर्ना भइरहेको छ ।
र, तेस्रो जिम्मेवारीमा भने देशभरि लोकतान्त्रिक फोरम र राप्रपा लगायत विभिन्न पार्टीबाट कांग्रेसमा प्रवेश गरेका सदस्यहरूको समायोजन सम्बन्धी विवादलाई समाधान गर्नेछ । यस विषयको समाधान शीर्ष तीन नेताले पाँच दिनभित्र टुंगो लगाउनुपर्नेछ ।
