कुनै पनि ‘एक्सक्युज’ यो सरकारले पाउने छैन : गगन थापा

नेपाली काँग्रेसका नेता गगन थापाले वर्तमान सरकारलाई गल्ती गर्न छुट नभएको बताएका छन् । नेता थापाले काँग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ भन्ने कुराको महसुस गराउने गरी काम गर्नुपर्ने बताए ।

वीपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले भने ‘केपी ओलीले यो गरेनन्, त्यो गरेनन् भनेर भन्ने दिन अब गए । अब यो अभावमा रहेका नागरिकलाई सरकार भनेको कस्तो हुन्छ ? भन्ने कुराको महसुस गराउने हो ।’ त्यस्तै उनले ‘कुनै पनि ‘एक्सक्युज’ यो सरकारले पाउने छैन भन्दै सरकारलाई गल्ती गर्न छुट नभएको धारणा व्यक्त गरे ।



साढे तीन वर्षमा ओली नेतृत्वको सरकारले संविधानको आधार नै भत्काउने काम गरेको आरोप लगाउदै थापाले ‘संविधान र व्यवस्थामाथि नै अनेकन आशंका उब्जाउने जुन काम गरेको छ, त्यसलाई थितिमा ल्याउने काम वर्तमान सरकारले गर्नुपर्ने बताए । त्यस्तै एक फरक प्रसंगमा उनले पार्टीको आसन्न १४ औं महाधिवेशनको मिति तलमाथि नगर्न पनि पार्टी नेतृत्वलाई सुझाव दिए ।

सम्बन्धित समाचार