सर्वोच्चमा महन्थको रिट, आयोगको निर्णय बदर गर्न माग

उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालत पुगेका छन् । आयोगले गत साउन ११ गते आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने निर्णय गरेको थियो ।

शुक्रबार दर्ता भएको रिटमा ठाकुरले यादव पक्षलाई दिएको आधिकारिकताको निर्णय र आफ्नो पक्षलाई नयाँ दल दर्ता गर्न दिने आयोगको निर्णय बदर गर्न माग गरेका छन् । ठाकुरले दायर गरेको रिट निवेदनमा आयोगको निर्णयले आफू अन्यायमा परेको भएको भन्दै उक्त निर्णय तत्काल कार्यान्वयन नगराउन माग गरेका छन् ।



आयोगले जसपा कार्यकारिणी समितिको हेडकाउन्ट गर्दै बहुमत भएको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने निर्णय गरेको थियो । त्यस्तै ठाकुरको रिटमा आयोगले गरेको निर्णयलाई कार्यान्वयन गर्दा पार्टी नै विभाजित हुने तथा केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुने भएकाले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निर्वाचन आयोगले साउन ११ गते गरेको निर्णय कार्यान्वयन नगर्नू, नगराउनू भन्ने आदेश माग गरेका हुन् ।

सम्बन्धित समाचार