नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ साउन ।
महालक्ष्मी विकास बैंकले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रालिसँग २०७८ साल श्रावण १५ गते सम्झौता गरेको छ ।
उक्त सम्झौताअनुसार एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रालिबाट ग्राहकहरुले फोटोन ब्राण्डका गाडीहरू खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूलाई अधिकतम ८ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिने छ विज्ञप्तिमा उल्लेख छ ।
देशका १०३ वटा शाखाहरूबाट ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकको सबै शाखाहरूबाट यो सुविधा उपलब्ध हुने पनि उल्लेख छ ।