ओलीले सहमतिको सम्भावना सकियो भनेपछि बालकोटबाट निराश भएर फर्किए रावल र पाण्डे

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शनिवार बेलुका नेता सुरेन्द्र पाण्डे र भीम रावलले भेटेका छन्। ओली निवास बालकोट पुगेका पाण्डे र रावलले पार्टीमा रहेका विवाद समाधान गरेर जानुपर्ने बताएका थिए।

वरिष्ठ नेता माधवकुमार नेपालपक्षका नेता पाण्डे र रावलले दुबैपक्षले आआफ्नो अडान छाडेर सहमति गर्नुपर्ने बताएका थिए। भेटमा ओलीले सममतिको सम्भवना सकिएकाले थप छलफल आवश्यक नहुने बताएका थिए। ओलीले सहमतिको सम्भावना सकियो भनेपछि रावल र पाण्डे निराश भएर फर्किएका थिए ।



ओलीसँगको भेटका विषयमा प्रतिक्रिया दिँदै नेता पाण्डेले कुनै निष्कर्ष निकाल्न नसकिएको बताए। ‘भीम कमरेड र म बालकोट गएका थियौ। पार्टीमा दुबैपक्षले सहमति गरेर जानुपर्छ भन्ने विषयमा सामान्य छलफल भयो,’ पाण्डेले भने।

शनिबार मात्र एमाले अध्यक्ष ओलीले माधव नेपाललाई पार्टीमा स्थान दिन नसकिने अभिव्यक्ति दिएका थिए । ओलीसँग सहमतिको सम्भावना टरेपछि नेपाल समूह सरकारमा सहभागी हुने तयारीमा जुटेको छ ।

सम्बन्धित समाचार