नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ साउन ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (आइतबार) तोलामा रु ५०० ले ओरालो लागेको छ । तोलामा रु ९२ हजार ९०० रुपैयाँमा शुक्रबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ९२ हजार ४०० मूल्य निर्धारण भएको छ ।
यस्तै तेजाबी सुन शुक्रबार तोलामा रु ९२ हजार ४०० मा कारोवार भएकामा आजका लागि भने रु ९१ हजार ९०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी चाँदीको मूल्य भने स्थिर रहदै शुक्रबारै अनुसार तोलाको रु १ हजार २८५ मा कारोवार भएको छ ।