प्रचण्ड र नेपालबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच आज (आइतबार)भेटवार्ता भएको छ । प्रचण्ड नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका हुन् ।

भेटमा प्रचण्डले नेपाल समूहलाई पनि सरकारमा सहभागी हुन आग्रह गरिएको बुझिएको छ । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि नेपाललाई सरकारमा सहभागीता हुन आग्रह गरेका छन् । तर, नेता नेपालले भने पार्टी एकताको प्रक्रिया चलिरहेको हुनाले तत्काल सरकारमा सहभागी हुनेबारे ठोस कुरा राखेका छैनन् ।



सम्बन्धित समाचार