कोभिड युनिफाइड अस्पतालबाट हटाइए डा.गौतम

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई सरकारले हटाएको छ । आज (सोमबार) मन्त्रीस्तरीय निर्णय गर्दै गौतमलाई हटाइएको हो ।

सरकारले युनिफाइड केन्द्रीय अस्पतालको प्रमुखमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाइएको छ भने गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ । युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएको दिनदेखी नै गौतम विवादै विवादमा तानिएका थिए ।



त्यस्तै डा. विवेकलाल कर्णलाई सरुवा गर्दै सार्क क्षयरोग केन्द्रकी डा. रीता जोशीलाई स्वास्थ्य समन्वय शाखामा पठाइएको छ ।

सम्बन्धित समाचार