नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ साउन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार गरेका प्रमुख चार स्वास्थ्य अधिकारीको सरुवाको निर्णय स्थगित गरेका छन् ।
राज्यमन्त्री श्रेष्ठले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतम सहित प्रमुख चार स्वास्थ्य अधिकारीको सरुवाको निर्णय गरेका थिए । श्रेष्ठले युनिफाइड केन्द्रीय अस्पतालको प्रमुखमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाएका थिए भने गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गराएका थिए ।
त्यस्तै श्रेष्ठले डा. विवेकलाल कर्णलाई सरुवा गर्दै सार्क क्षयरोग केन्द्रकी डा. रीता जोशीलाई स्वास्थ्य समन्वय शाखामा पठाएक थिए । देउवाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी आफैंसँग राखेका प्रधानमन्त्री देउवाले राज्यमन्त्रीले निर्णय गर्न नमिल्ने भन्दै सरुवाको निर्णयमा रोक लगाइएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।
