नेपालमा ३ हजार ३८३ कोरोना संक्रमित थपिए, २४ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा ३ हजार ३८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ६३८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ४४८ र ६ हजार ८० एन्टिजेन परीक्षण गर्दा ९३५ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै चौबीस घण्टामा २४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ९ हजार ९२२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज १ हजार ९९४ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ६ लाख ६० हजार ११६ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३२ हजार २९ रहेको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षणमा ७ लाख २ हजार ९७ र एन्टिजेन परीक्षणमा ६३ हजार ७१८ पुगेको छ ।

सम्बन्धित समाचार