कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादु्र देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न आज ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई निर्देशन दिनुभएको छ ।’



पूर्वकार्यकारी निर्देशक घिसिङलाई केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले उक्त पदमा दोहोर्‍याउन अस्वीकार गरी हितेन्द्रदेव शाक्यलाई कामु तोकेको थियो । उनलाई नै पछि ओली सरकारले कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो ।

शाक्यसँग आजै राजीनमा माग गरीएको र भोलि घिसिङलाई नियुक्त गर्ने तयारी गरिएको छ । घिसिङको नियुक्तिपछि विद्युत् प्राधिकरण नाफामा जाने अपेक्षा गरेको बालुवाटार स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार