गत २४ घण्टामा चार हजार १०७ कोरोना संक्रमित थपिए, ३५ जनाको मृत्यु

उपत्यकामा मात्रै १ हजार २७९ जना संक्रमित

पछिल्लो चौबीस घण्टामा नेपालमा चार हजार १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १६ हजार २९८ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ११ हजार ३५४ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ९७५ र चार हजार ९४४ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार १३२ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै चौबीस घण्टामा ३५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ९ हजार ९५७ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज १ हजार ५३५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ६ लाख ६१ हजार ६५१ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ रहेको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या कुल संख्या ७ लाख ६७ हजार ९२२ पुगेको छ ।

सम्बन्धित समाचार