नेपालमा तीन हजार ९३८ जनामा संक्रमण पुष्टि, ३७ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा तीन हजार ९३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १८ हजार ४०८ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ११ हजार ८७० जनाको पीसीआर परीक्षण गर्दा तीन हजार ७ र छ हजार ५३८ जनाको एन्टिजेन परीक्षण गर्दा ९३१ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै चौबीस घण्टामा ३७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ९ हजार ९९४ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज दुई हजार १२ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ६ लाख ६३ हजार ६६३ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ रहेको छ । जसमा ३१ हजार १०८ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३१४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७१३ संक्रमित आईसीयूमा र १५८ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या कुल संख्या पीसीआरबाट ७ लाख ८ हजार ७९ र एन्टिजेन विधिबाट ६५ हजार ७८१ जना पुगेको छ ।

सम्बन्धित समाचार