भारतमा पुनः बढ्न थाल्यो कोरोना संक्रमणदर, एकै दिन थपिए ४५ हजार संक्रमित

भारतमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ। पछिल्लो २४ घण्टामा त्यहाँ ४५ हजारभन्दा बढी संक्रमित फेला परेका छन्। यो जुलाई ७ पछिकै सबैभन्दा बढी हो।

विहीबार ४० हजार ८९७ संक्रमित निको भएका छन् भने ४६५ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म कुल ४९ करोड डोज खोप लगाइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।



हालसम्म ३ करोड १८ लाखभन्दा बढी संक्रमित रहेको भारतमा ३ करोड १० लाख निको भएका छन् भने ४ लाख २६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

सम्बन्धित समाचार