नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ साउन ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (शुक्रबार) तोलामा रु ५०० ले ओरालो लागेको छ । तोलामा रु ९२ हजार रुपैयाँमा बिहीबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ९१ हजार ५०० मूल्य निर्धारण भएको हो ।
यस्तै तेजाबी सुन बिहीबार तोलामा रु ९१ हजार ५०० मा कारोवार भएकामा आजका लागि भने रु ९१ हजार मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी चाँदीको मूल्य भने बिहीबारको मूल्य भन्दा २० रुपैयाँ घट्दै तोलाको रु १ हजार २६५ मा कारोवार भएको छ ।
केही दिन यता नेपाली बजारमा सुनचाँदी मूल्य घटबढ हुँदै आएको छ ।