कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, आज तीन हजार ७२९ जनामा संक्रमण पुष्टि

आज २५ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा तीन हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १५ हजार ६७५ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ९ हजार ४९३ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ४३० र छ हजार १८२ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार २९९ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै चौबीस घण्टामा २५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज एक हजार ८८५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ६ लाख ६५ हजार ५४८ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ रहेको छ । जसमा ३१ हजार ४२७ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ५१५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७३२ संक्रमित आईसीयूमा र १५८ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख १० हजार ५०९ र एन्टिजेन बिधिबाट ७६ हजार ८० जनामा संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित समाचार