नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ साउन ।
चौंथो टी-२० क्रिकेटमा अष्ट्रेलिया विजयी भएको छ । शनिबार भएको खेलमा घरेलु टिम बंगलादेश अष्ट्रेलियासँग ३ विकेटले पराजित हुन पुग्यो ।
बंगलादेशको ढाकामा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १०४ रन बनाएको थियो । उसको लागि मोहमद नाइमले २८ रन बनाए भने महेदी हसनले २३ रन जोडे । त्यस्तै अफिफ होसेन र शकिब अल हसनले क्रमश: २० र १५ रन बनाउनु बाहेक अन्यको प्रदर्शन उल्लेखनिय रहेन ।
अष्ट्रेलियाका लागि एन्ड्रयू टे र मिचेल स्विपसनले समान ३-३ विकेट लिए भने जोस हाजलउडको भागमा २ विकेट रह्यो । १०५ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रेको अष्ट्रेलियाले १९ ओभरमा ७ विकेट गुमाउदै पूरा गर्यो । अष्ट्रेलियाको लागि डान क्रिस्टियनले ३९ रन जोडे भने एस्टन अगरले २७ रन बनाए । त्यस्तै मिचेल मार्शले ११ रन जोडे भने यास्टन टर्नर ९ रनमा अविजित रहे ।
बंगलादेशको लागि मेहदी हसन र मुस्ताफिजुर रहमानले समान २-२ विकेट लिए । चौंथो खेलमा जित हात पारेपनि अष्ट्रेलियाले पाँच खेलको सिरिजमा ३-१ ले पछि रहेको छ । खेलको म्यान अफ दि म्याच मिचेल स्विपसन भए ।