बिहे मण्डपमै दुलहीले देखाइन् मार्सल आर्ट (भिडियो)

भारतको तमिलनाडुमा रहेको थुथुकडी जिल्लामा एक नवविवाहिता महिलाले बिहेलगत्तै मार्सल आर्ट देखाएपछि गाउँलेहरू छक्क परेका छन् ।

स्थानीय मार्सल आर्ट सिलमबट्टम देखाएर ती महिलाले समस्या पर्दा आत्मरक्षाका लागि यो आर्ट जान्नुपर्ने सन्देश दिन खोजेकी हुन् ।



दुलहीको नाम निशा हो । उनले मार्सल आर्ट गर्दा भेला भएका मानिसले सिट्ठी अनि बाजा बजाएर प्रोत्साहन गरेका थिए । निशाको विवाह सोमबारर भएको हो ।

 

सम्बन्धित समाचार