जसपाका तीन नेताको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

लुम्बिनी प्रदेशसभा सांसद पद गुमाएका जनता समाजवादी पार्टीका तीन पूर्वसांसदले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टी नीति विपरीत शंकर पोखरेललाई समर्थन गरेको भन्दै जसपाले तीन पूर्वसांसदलाई पार्टीबाट निष्कासन गरेको थियो ।

लुम्बिनी प्रदेश सांसदहरु सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेय पार्टी र प्रदेशसभा सचिवालयको निर्णय विरुद्ध सर्वोच्च पुगेका थिए । सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाकै इजलासमा परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै छलफलका लागि भदौ ८ गतेलाई बोलाएको छ ।



पार्टीको निर्णय विपरीत सरकारमा सामेल भएको, दलको ह्वीप उल्लंघन गरेको भन्दै उनीहरुलाई स्पष्टीकरण सोधिएको र त्यसको चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार उनीहरुलाई कारबाही गरिएको थियो । यस अघि उपेन्द्र यादव पक्षले ११ वैशाखमा कारवाही गरेपछि यी तीनै जना पदमुक्त भएका थिए । तर, सर्वोच्च अदालतले ३ जेठमा उनीहरुको पक्षमा फैसला सुनाएपछि उनीहरुको पुनर्बहाली भएको थियो ।

सर्वोच्चको आदेश

सर्वोच्चको आदेश

सम्बन्धित समाचार