
आज बस्ने मन्त्रिपरिषद् बैठकमा कुलमान घिसिङलाईलाई नेपाल विद्युत् प्राधिकरणको निर्देशक बनाउने प्रस्ताव लैजाने तयारी गरेको बुझिएको छ । ऊर्जा मन्त्रालयले कुलमानलाई प्राधिकरणको निर्देशक बनाउने प्रस्ताव लैजान लागेको हो।
सरकारले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: ल्याउने तयारी गरेको छ । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । त्यस्तै हालका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई भने ऊर्जा आयोगमा सरुवा गर्ने तयारी गरेको एक स्रोतले बताएको छ ।
कुलमान घिसिङलाई पुनः नियुक्तिका लागि ऊर्जामन्त्री पम्फा भुसालले नै हितेन्द्र शाक्यलाई सहजीकरणका लागि आग्रह गरेकी थिइन् । शाक्य यसअघि केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदबाट गत माघमा नेपाल विद्युत् प्राधिकरणको निर्देशकमा नियुक्त भएका थिए।
