एमालेको केन्द्रीय कमिटी बैठक सुरु

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थिल तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो ।

बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष को भने सहभागिता रहेको छैन । बैठकमा पार्टीको विधान संशोधन,विधान अधिवेशनको तयारी,पार्टी एकता लगायत विषयमा छलफल हुने बताइएको छ । एमालेमा एकताको प्रयास भन्दै हिजो बोलाइएको केन्द्रीय कमिटी बैठक आजका लागि सारेको हो ।



नेपाल पक्षसँग सहमति गर्ने प्रयास स्वरुप आइतबारको बैठक सारिएको एमाले संस्थापनको भनाइ छ । आइतबार ओली र नेपाल पक्षका विघटित कार्यदलका नेताहरुबीच छलफल भएको थियो। अनौपचारिक छलफलबाट के कस्तो निष्कर्ष आयो वा के विषयमा छलफल भयो भन्ने कुरा बाहिर आएको छैन।

त्यस्तै आज बिहान बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । यसअघि नै बसेको स्थायी समिति बैठकले आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन बोलाउने निर्णय एमालेले गरिसकेको छ ।

सम्बन्धित समाचार