नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ साउन ।

सरकारको न्यूनतम कार्यक्रम आफूहरूविरुद्ध गाली गलौजको पुलिन्दा र सरकार असंवैधानिक र अपवित्र नन्दिभृंगी जालीझेलीहरूको गठबन्धन भएको पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन्। अदालतको परमादेशबाट बन्दै गरेको सरकार एक महिनासम्म गठन हुन नसकेको भन्दै उनले हिजो आफ्नो पार्टीको समस्याले सदन विघटन गर्न पाइन्छ भन्नेहरूको पार्टीगत किचलो छरपस्ट भएको उनले बताए। उनले सोधे, ‘के अब आफ्नो पार्टी र गठबन्धनको समस्याको कारण राष्ट्रको समय बर्बाद गर्न पाइन्छ ?
केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले भने, ’भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी, टालिदेऊ मेलम्ची, भत्काइदेऊ सडक पुल र विमानस्थलहरू, ओली याद आउने सबै चिजहरू।’ भ्रष्टाचारीलाई कारबाही गर्ने रे। क्यान्टोन्मनेटको भ्रष्टाचार विगतको लुट, निजी सम्पत्ति कब्जा छानबिन हुन्छ। वाइडबडी, बालुवाटार जग्गा प्रकरण, सुन तस्करी काण्ड कहिले भयो ?, उनले माओवादीलाई लक्षित गर्दै सोधे, ‘संलग्न गठबन्धनका नेताहरूलाई कार्बाही गर्न सक्नुहुन्छरु कि झुटो मुद्दा लगाएर विपक्षीलाई फसाउने षडयन्त्र गर्ने प्लान हो ? आछुयुँ खाए हाछ्युँ खाएँ झुसे बारुलो।’
एमालेले तमाम देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिको साथ लिएर प्रतिकार गर्ने पनि चेतावनी दिए। ‘एमसिसीबारे किन बोल्न नसकेको ? उनले त्यहाँ विपक्षीलाई प्रश्नै प्रश्न तेर्स्याए, ‘तपाईंंहरूकै पालामा सम्झौता गरेको होइन ? १ सय ६५ को कृत्रिम मतले विश्वासको मत लिएकै छौ त, पास गर्नु नि किन हामीलाई दोष ? हामी त स्पष्ट छौ।’
हाम्रो पार्टीले बनाएको कार्यदलले दिएको सुझाव र वुद्धिजीवी र विज्ञहरूले दिएको सुझावका आधारमा जनताको भावनाअनुसार एमसिसी संशोधनसहित पास हुनुपर्ने उनले बताए। भने, ‘सरकार हामीसँग वार्ता र सहकार्य गर्ने मानसिकतामा छ। भूमिहीन र सुकुमबासी समस्या समाधान आयोग खारेजीको निर्णय एउटा उदाहरण हो। पुराना सबै नियुक्ति खारेज गर्ने। यसैको उदाहरण हो। हामी सशक्त प्रतिपक्षको भूमिका खेल्छौं। सडक र सदनमा सशक्त र प्रभावकारी भूमिका खेल्छौं। सिगौँरी खेल्न आए सिँग भाँचिनेछ।’
कालापानी, लिपुलेक र लिम्पियाधुरा समस्या बनेर आएको भन्दै उनले त्यहाँ कटाक्ष पनि गरे। माधव नेपालहरूको बारेमा केही भन्नु छैन भनेका उनले पुष्पकमल दाहालसँग मिलेर पार्टी ध्वस्त बनाएको आरोप भने नेपाललाई लगाए।

