नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ साउन ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (मंगलबार) तोलामा रु २०० ले उकालो लागेको छ । तोलामा एक हजार रुपैयाँले घटेर रु ८९ हजार रुपैयाँमा सोमबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ८९ हजार २ सय मूल्य निर्धारण भएको हो ।
यस्तै तेजाबी सुन सोमबार तोलामा रु ८८ हजार ५५० कारोवार भएकामा आजका लागि भने रु ८८ हजार ७५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी चाँदीको मूल्य भने सोमबारको मूल्य भन्दा १० रुपैयाँ घट्दै तोलाको रु १ हजार २०५ मा कारोवार भएको छ ।
केही दिन यता नेपाली बजारमा सुनचाँदी मूल्य घटबढ हुँदै आएको छ ।