प्रधानमन्त्रीलाई यस्तो प्रश्न गरे ओलीले

प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता के गर्नुहुन्छ भनेर प्रश्न गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले एमसीसीको विषयमा प्रश्न गरेका हुन् । नेता ओलीले सरकारको साझा न्यूनमत कार्यक्रममा एमसीसी उल्लेख नभएको भन्दै प्रश्न उठाएका छन् । उनले भनेका छन्, ‘एमसीसी बिर्सनु भयो कि क्या हो ? मैले देखिनँ कतै, नेपाली जनताले जान्न चाहेको छ, सम्माननीय प्रधानमन्त्रीज्यू, के गर्नुहुन्छ एमसीसी तपाईं ।’



त्यस्तै ओलीले आफू पुनः असाधारण जनमतबाट प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।

सम्बन्धित समाचार