आज चार हजार ९०४ जनामा संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा चार हजार ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १९ हजार १२३ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १३ हजार २१७ पीसीआर परीक्षण गर्दा तीन हजार १९४ र पाँच हजार ९०६ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार ७१० जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै चौबीस घण्टामा ३५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज दुई हजार ११५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ६ लाख ७३ हजार १९८ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३७ हजार ३३२ रहेको छ । जसमा ३३ हजार ९८५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३४७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७६१ संक्रमित आईसीयूमा र १७६ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ७ लाख २० हजार ६८० जना र एन्टिजेनबाट ७१ हजार १९८ पुगेको छ ।

सम्बन्धित समाचार